व्यक्तिगत विवरण
१. परिचय
नाम :
बजरंग नेपाली
बुवाको नाम :
गणेश तिवारी नेपाली
आमाको नाम :
दानादेवी नेपाली
पत्नीको नाम :
नाईडु नेपाली
ठेगाना :
वडा नं. ५, जलेश्वर नगरपालिका, महोत्तरी
जन्म मिति :
२०२२/११/२२ (५ मार्च १९६६) – ५९ वर्ष
राष्ट्रियता :
नेपाली
भाषा :
नेपाली, मैथिली, भोजपुरी, हिन्दी, अंग्रेजी
सम्पर्क नं. :
+९७७ ९८५४०३००१८
ईमेल :
bajnepali@gmail.com
२. शैक्षिक योग्यता
क)
स्नातक, राजनीतिशास्त्र, त्रिभुवन विश्वविद्यालय
ख)
स्नातकोत्तर, समाजशास्त्र (दोस्रो वर्ष), त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर (राजनीतिको क्रममा अध्ययन बाँकी रहन पुग्यो)
३. राजनीतिक क्षेत्रको जिम्मेवारी
क)
२०८२ - प्रतिनिधि सभा सदस्य उम्मेदवार, नेपाली कांग्रेस
ख)
२०८२ - केन्द्रीय सदस्य, केन्द्रीय कार्यसमिति, नेपाली कांग्रेस
ग)
२०७७ सदस्य, नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार केन्द्रीय विभाग
घ)
२०६८-२०८२ महासमिति सदस्य, क्षेत्र नं. ३
ङ)
२०६१-२०८२ महाधिवेशन प्रतिनिधि, क्षेत्र नं. ३
च)
२०७७ कोभिड–१९ संक्रमण जिल्ला सूचना संयोजक, महोत्तरी
छ)
२०७४ प्रतिनिधि सभा निर्वाचनमा महोत्तरी क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको उम्मेदवार (पार्टीले महन्थ ठाकुरलाई समर्थन जनाउँदा उम्मेदवारी फिर्ता गर्नुपरेको)
ज)
२०६३ कार्यवाहक सभापति, नेपाली कांग्रेस जिल्ला कार्यसमिति (१९ दिने राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका)
झ)
२०६२–२०६६ सचिव, नेपाली कांग्रेस जिल्ला कार्यसमिति
ञ)
२०५९-२०८२ सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति, महोत्तरी
ट)
२०६२–२०६५ सात दलीय संयन्त्र सदस्य
ठ)
२०५३ संयोजक, अनुशासन समिति (ने.वि.संघ केन्द्रीय समिति)
ड)
२०५३ सदस्य, ने.वि.संघ केन्द्रीय समिति
ढ)
२०४९–२०५१ सभापति, स्वतन्त्र विद्यार्थी युनियन, रा.रा.ब. क्याम्पस, जनकपुर
ण)
२०४४–२०४८ अध्यक्ष, जिल्ला कार्यसमिति, ने.वि.संघ महोत्तरी
त)
२०४१ सचिव, जिल्ला कार्यसमिति, ने.वि.संघ
थ)
२०३८ सदस्य, जिल्ला कार्यसमिति, ने.वि.संघ
४. राजनीतिक भूमिका
क)
नेपाली कांग्रेसद्वारा सञ्चालित हातहतियार क्रान्तिका कारण महोत्तरी जिल्लाको २०३१ सालको भिट्ठामोड भन्सार बमकाण्डपछि आफ्ना परिवार (बुवा, आमा, भाइ समेत) भारतको बिहार राज्यको सितामढीमा प्रवासमा बस्नुपरेको । तत्पश्चात मुजफ्फरपुर र खर्स्याङसम्म बसाइँ सरेको ।
ख)
पार्टीको हातहतियार ओसार–पसार गर्ने क्रममा १० वर्षको उमेरमा १२ डिसेम्बर १९७४ मा भारतको बिहार राज्यको डुमरा (सितामढी) कारागारमा ५ महिना १० दिन बसेर जमानतमा रिहा ।
ग)
२०३६ सालको आन्दोलनमा सक्रिय सहभागिता ।
घ)
२०३९–२०४७ सम्म सयौँ पटक प्रहरी थुनामा बस्नुपरेको, ने.वि. संघको महाधिवेशनका क्रममा काठमाडौंको हनुमानढोका, जनकपुर तथा जलेश्वर प्रहरी हिरासतमा राखिएको ।
ङ)
२०४१ सालमा नेपाली कांग्रेसद्वारा आयोजित हस्ताक्षर अभियानमा पक्राउ परी १ महिना जलेश्वर कारागारमा बसिएको ।
च)
२०४२ सालमा सत्याग्रह आन्दोलनमा पक्राउ परी २३ महिना जलेश्वर कारागारमा बसेको ।
छ)
२०४२ साल आश्विनमा स्वयंसेवक शिविर सञ्चालन गर्दा पक्राउ परी ३ महिना कारागारमा बसेको ।
ज)
२०४४ सालमा ने.वि. संघको महाधिवेशनका क्रममा पक्राउ परी ३ महिना कारागारमा बसेको ।
झ)
२०४६ सालको जनआन्दोलन सफल पार्न ने.वि. संघ जिल्ला सभापतिको हैसियतमा गिरफ्तारी नदिई सक्रिय भूमिका निर्वाह ।
ञ)
२०६१ चैत १ देखि प्रतिगमनविरुद्ध आन्दोलनमा पक्राउ परी २ महिना जलेश्वर कारागारमा बसेको ।
ट)
२०६२ मा स्थानीय निर्वाचन बहिष्कारका क्रममा १५ दिन कारागारमा बसेको ।
५. सामाजिक क्षेत्रमा कार्य
क)
२०७७-हाल - अध्यक्ष, शहिद प्रतिभा प्रतिष्ठान
ख)
२०७३ आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटी
ग)
२०७३ आजीवन सदस्य, नेत्रज्योति संघ
घ)
२०७३ संयोजक, जिल्ला शान्ति समिति
ङ)
२०६७ सदस्य, जिल्ला सरसफाइ समन्वय समिति
च)
२०६६–२०६८ सदस्य, रा.वि.म. क्याम्पस, जलेश्वर
छ)
२०५९–२०७३ सदस्य, जिल्ला वन समन्वय समिति
ज)
२०५५–२०६३ अध्यक्ष, माध्यमिक विद्यालय व्यवस्थापन समिति, पर्सा–पतैली